पहिरोमा परि सुदूरपश्चिममा २ को ज्यान गयो, २ घाईते

केन्द्रभाग मिडिया

File photo

डडेल्धुरा।

भारी वर्षाको कारण आएको पहिरोमा परि सुदूरपश्चिममा २ को ज्यान गएको छ ।

घरमाथिबाट झरेको पहिरोमा पुरिएर गन्यापधुरा गाउँपालिका–१ भात्काडाका ३२ वर्षीय विष्णु अवस्थीको ज्यान गएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ।

यस्तै अमरगढी नगरपालिका–१ मा गएको पहिरोमा परी २ जना घाइते भएका छन्। उनीहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरी प्रहरीले बताएको छ।

यस्तै डोटीमा अर्का एकको ज्यान गएको बताइएको छ । फोन सम्पर्कबिहीन हुदाँ यस बारे थप जानकारी आउन नसकेको जनाइएको छ ।

  • २ कार्तिक २०७८, मंगलवार १२:५२ प्रकाशित