बाढी पहिरोमा परेकालाई हेलिकप्टरबाट उद्धार हुँदै

केन्द्रभाग मिडिया

काठमाडौं ।

अविरल वर्षाले सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरूमा बाढी र पहिरोमा फसेकाहरुको हेलिकप्टरबाट उद्धार गरिदैँ छ ।

सरकारले नेपाली सेनाको हेलिकप्टरबाट बाढी पहिरोमा फसेकालाई उद्धार गर्ने तयारी भईरहेको बताएको छ । आइतबार देखि परेको भारी वर्षाको कारण सुदूरपश्चिम प्रदेशका खोला तथा नदीमा बाढी आएको छ।

गृहमन्त्री बालकृष्ण खाणको निर्देशनमा नेपाली सेनाको सुर्खेतस्थित स्टेसनबाट बाढी र पहिरोमा परेकाहरूको उद्धारका लागि हेलिकोप्टर उडेको विपद् व्यवस्थापन महाशाखाले जनाएको छ ।

महाशाखाको अनुसार डोटी र डडेलधुरामा एक/एक जनाको मृत्यु भएको छ भने डडेलधुरामा एक जना पुरिएर बेपत्ता छन्। केही स्थानमा बाढी र पहिरोले मानिसहरु टापुमा फसेको पनि बताइएको छ। भारी वर्षाले डोटी, डडेलधुरा र कञ्चनपुर बढी प्रभावित छन्।

  • २ कार्तिक २०७८, मंगलवार १२:३९ प्रकाशित