काठमाडौं ।
नेपाली यू–२३ टिम ताजिकिस्तानतर्फ गएको छ । एएफसी यू–२३ एसियन कप छनोट खेल खेल्नको लागि नेपाली टोली आज बिहान त्यसतर्फ प्रस्थान गरेको अखिल नेपाल फुटबलल संघ एन्फाले जानकारी दिएको छ ।
नेपाली टिममा गोलकिपरमा अर्पण कार्की, विशाल सुनार, अविशेक बराल, डिफेन्डरमा सुमन अर्याल, गौतम श्रेष्ठ, राजन गुरुङ, शिव गुरुङ, रन्दिप पौडेल, अनिल महर्जन, अविशेक लिम्बु, मिडफिल्डरमा नितिन थापा, सुरज ज्यु ठकुरी, आयुस घलान, सेसेहाङ आङ्देम्बे, राजिब लोप्चन, शिशिर लेखी, आकाश बुढामगर, रोशन पहाडी, एरिक विष्ट रहेका छन् ।यस्तै फरवार्डमा ऋतिक खड्का, मनिष डाँगी, अविशेक रिजाल, दर्शन गुरुङ रहेका छन्
नेपाली टोलीमा साफ च्याम्पियनसिपको उपविजेता टिममा रहेका ६ खेलाडी पनि छन् ।नेपालले छनोट खेल खेल्न अघि अक्टोबर २२ तारिख शुक्रबार इन्डोनेसियाको यु–२३ टोलीसँग ताजिकिस्तानमै मैत्रीपूर्ण खेल खेल्नेछ ।
छनोटमा नेपालले पहिलो खेल इरानसँग अक्टोबर २५ मा खेल्नेछ । यस्तै दोस्रो खेल ताजिकिस्तानसँग अक्टोबर २८ र अन्तिम खेल लेबनानसँग अक्टोबर ३१ मा खेल्नेछ ।