काठमाडौं ।
सरकारले नेपाली फुटबल टिमका खेलाडीलाई जनही ५ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।
साफ च्याम्पियनसिपको उपविजेता बनेको टिमलाई उक्त रकम उपलब्ध गराउने मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले निर्णय गरेको हो ।
खेलाडीलाई ५ ५ लाख र प्रशिक्षकहरुलाई ३३ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपमा नेपाल पहिलो पटक फाइनलसम्म पुगेको थियो । आजै नेपाली टोली नेपाल फर्केको छ ।