पोखरा ।
केही दिनयता आन्तरिक पर्यटकको संख्या ह्वात्तै बढेको छ। दशै मनाएर घुम्न निस्केका पर्यटकलाई वेसिजनको पानीले भने हैरानी दिएको छ ।
लगातारको वर्षातले बेनी जोमसोम खण्डको यात्रा निकै कष्टकर भएको छ । कच्ची सडकमा पानी परे पछि सवारी साधन संचालनमा असहज भएको छ । यो सिजनमा पोखरा हुदैँ मुक्तिनाथ जाने पर्यटकको संख्या धेरै हुन्छ ।
बुटवल देखी मुक्तिनाथ मन्दिर दर्शन गर्न पुगेका पत्रकार दामोदर खनालले पानी परे पछिको अप्ठ्यारो आफ्नो फेसबुक मार्फत सार्वजनिक गरेका छन् । पानी परे पछि सवारी साधन चिप्लने र बाटैमा फसेको दृष्य उनले भिडियो सेयर गरेका छन् ।