ओली एक्लै हिड्न खोज्दा एमाले भत्कियो : विकासमन्त्री झाँक्री

केन्द्रभाग मिडिया

पाल्पा।

एमाले अध्यक्ष केपी शर्मा ओली एक्लै हिड्न खोज्दा एमाले भत्किएको शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आरोप लगाएकी छिन् । नेपाल पत्रकार महासंघ पाल्पाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै झाँक्रीले यस्तो आरोप लगाएकी हुन् ।

उनले भनिन्,‘जनताको पक्षमा काम गर्ने मौका ओलीले जस्तो अरु कसैले पाएन, तर उनी त्यसमा असफल भए । ओली एक्लै हिँडने प्रयास गर्दा नेकपा एमालेमा विद्रोह र भत्किने प्रक्रिया शुरु भएको हो ।’

नयाँ पार्टी खोल्नु पर्ने अवस्थाको कारक पनि ओली नै रहेको उनले बताइन् । उनले भनिन्,‘उहाँले पार्टीलाई सही ढंगले चलाउनुभएन् । राज्यसत्ता सही ढंगले चलाउनुभएन् । जवाफदेहीता दिनुभएन् । हावाका गफ गर्नुभयो ।’

  • १ कार्तिक २०७८, सोमबार १६:१५ प्रकाशित