कारको ठक्करबाट हेम्जामा एकको मृत्यु

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरामा कारको ठक्करबाट एक पैदलयात्रीको ज्यान गएको छ ।

ठक्करबाट पोखरा महानगरपालिका २५ हेम्जा शान्ति चोकमा हिडिरहेका ५५ वर्षीय शंकर बहादुर शिर्पालीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

ग ३ च ४९२२ नम्बरको कारले म्याग्दी घर भई हेम्जामा बस्दै आएका शिर्पालीलाई ठक्कर दिदाँ घाइते भएका थिए । घाइते उनको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । कारका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

  • १ कार्तिक २०७८, सोमबार १४:४७ प्रकाशित