बागमती सरकारले बढाएको सार्वजनिक सवारीको भाडा आजदेखि लागू, २० प्रतिशतसम्म भाडा बढ्यो

केन्द्रभाग मिडिया

हेटौडा । आजबाट बागमती प्रदेशमा चल्ने सार्वजनिक यातायातको भाडा २८ प्रतिशतसम्म वृद्धि भएको छ । काठमाडौं उपत्यकामा २८ र उपत्यका बाहिर २३ प्रतिशत भाडादर वृद्धि भएको हो । करिब ३ महिना अगाडि केन्द्र सरकारले अन्तर प्रदेशको भाडा २८ प्रतिशत नै वृद्धि गरेको थियो । बढेको भाडा आजैबाट लागू भएको छ ।

बागमती प्रदेश सरकारले दसैं अगाडि नै भाडा वृद्धि गर्ने निर्णय गरेको थियो । दसैंको बेला गाउँ जानेहरुलाई समस्यामा पर्ने भन्दै दसैंपछि मात्रै नयाँ भाडा दर लागू भएको हो ।

पहिले २० रुपैयाँ भाडा भएको दुरीमा अब २५ रुपैया भाडा तोकिएको छ । पहिले गाडी चढेर नजिकै झर्दा १५ रुपैयाँ भाडा थियो । भने, अब डिलक्स भन्दा बाहेकका सार्वजनिक सवारीले १८ रुपैयाँ भाडा लिने छन् । भने । डिलक्स सुविधा प्रदान गर्ने सार्वजनिक यात्रुवाहब सवारीले नयाँ भाडादरमा २० प्रतिशत थपेर भाडा लिन पाउने छन् ।

  • १ कार्तिक २०७८, सोमबार १३:२५ प्रकाशित