बुद्ध एयरले घटायो आधा भाडादर: कुन रुटको कति ?

केन्द्रभाग मिडिया

काठमाडौं ।

बुद्ध एयरले वार्षिकोत्सवको अवसरमा आधा भाडादर घटाएको छ ।

बुद्धले विदेशी पर्यटकका लागि ‘डलर भाडादर’ घटाएको हो ।बुद्ध एयरले २४ औं वार्षिकोत्सवको अवसरमा करिब आधाप्रतिशत भाडा घटाएको बताएको छ । घटाइएको नयाँ भाडादर सन् २०२२ जनवरी देखि लागू हुने कम्पनीले जनाएको छ।

२०२२ जनवरीदेखि पोखरा काठमाडौंको एकतर्फी भाडा ६५ अमेरिकी डलर लाग्ने छ । यसअघि यो रुटमा १०३ डलर रहेको थियो ।

काठमाडौं –विराटनगर ७६,काठमाडौं –जनकपुर ४२,काठमाडौं –सिमरा ३०, काठमाडौं –भैरहवा ६५, काठमाडौं –धनगढी १३८, काठमाडौं –नेपालगञ्ज १०२ र काठमाडौं–भद्रपुर ९४ अमेरिकी डलर नयाँ भाडादर रहेको छ ।

  • १ कार्तिक २०७८, सोमबार १२:४५ प्रकाशित