फुटवल टोली स्वदेश फिर्ता, मुख्य प्रशिक्षक अलमुताइरी फर्केनन्

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी खेलाडीसगै नेपाल फर्केनन् ।
माल्दिभ्समा आयोजना भएको १३औं संस्करणको साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोली सोमबार नेपाल आइपुगेको छ । तर, नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी नेपाल आएनन् । कुवेतका फुटबल म्यानेजर अलमुताइरी माल्दिभ्सबाटै कुवेत गएका छन् । त्यहाँ उनी परिवारसँग केही समय बिताएर नेपाल फर्किने अखिल नेपाल फुटबल संघ ९एन्फा० स्रोतले जनाएको छ ।

साफ च्याम्पियनसिपपछि मुख्य प्रशिक्षकबाट राजीनामा दिने र नेपाल कहिल्यै नफर्किने घोषणा गरेका उनी नेपाल आएर नेपाली टोली सम्हाल्न राजी भएको एन्फा स्रोतले जनाएको छ । अलमुताइरी सन् २०२२ को फिफा विश्वकप छनोट र सन् २०२३ को एसिया कपअन्तर्गत दोस्रो चरणको छनोटका लागि नेपाली टोली सम्हाल्न नेपाल आएका थिए । प्रो(लाइसेन्स प्राप्त अलमुताइरी २०७७ चैतमा नेपालको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए ।

माल्दिभ्सको राजधानी मालेमा शनिबार राति भएको फाइनलमा नेपाल भारतसँग ३–० ले पराजित हुँदै उपविजेता बनेको थियो । फाइनलमा पराजित भएपछि नेपाल ऐतिहासिक उपाधि जित्नबाट विमुख भएको थियो । तर, पहिलो पटक साफ च्याम्पियनसिपको उपविजेता बनेर नेपालले इतिहास भने रच्न सफल भयो ।

पाँच राष्ट्र सहभागी प्रतियोगितामा नेपाल लिग चरणमा उपविजेता बन्दै फाइनल पुगेको थियो । लिग चरणमा नेपालले माल्दिभ्स र श्रीलंकालाई हराएको थियो । यस्तै भारतसँग पराजित भएको नेपालले बंगलादेशसँग बराबरी खेलेको थियो ।

  • १ कार्तिक २०७८, सोमबार ११:३५ प्रकाशित