जम्मु-कश्मीरमा सेना र आतंकवादीबीच भिडन्त: ९ सैनिकसहित २२ जना मारिए

केन्द्रभाग मिडिया

काठमाडौं ।

आंतककारी र सेनाबीच मुठभेड भइरहने भारतको जम्मु कश्मीरमा पछिल्लो मुठभेडमा २२ जना मारिएका छन् ।

भारतको केन्द्र शासित प्रदेश जम्मु–कश्मीरमा गत सोमबारदेखि जारी सेना र आतंकवादी समूहबीचको भिडन्तमा ९ भारतीय सैनिक सहित २२ जनाको मृत्यु भएको छ ।मारिने सैनिकमा नेपाली छन या छैनन भन्ने अहिले खुलिसकेको छैन् ।

भारतीय सेनाले गत सोमबार सरनकोटको एक गाउँबाट आतंकवादी समूहविरुद्ध अपरेसन सुरु गरेको थियो । अपरेसनको पहिलो दिनमै सेनाका एकजना जुनियर अफिसरसहित ५ जना मारिएका थिए । सेनाको अभियानको दोस्रो दिनपछि फेरि दोहोरो गोली हानाहान भयो र थप दुई जवान मारिए ।

अहिले पनि सेना र आतंकवादी समूहबीच पुँछ र राजौरीको घना जंगलमा मुठभेड जारी रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

  • १ कार्तिक २०७८, सोमबार १०:०० प्रकाशित