संक्रमणदर ४ प्रतिशतमा झर्‍याे: २४ घण्टामा ३९१ मा संक्रमण पुष्टि, ६८० संक्रमण मुक्त

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपालमा कोरोना भाइरसको सङ्क्रमण दर पछिल्लो समय घटिरहेको छ ।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार हाल मुलुकमा संक्रमणदर चार प्रतिशतमा झरेको छ । पछिल्लो २४ घण्टामा आठ हजार ७७ जनाको नमुना परीक्षण गर्दा तीन सय ९१ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।यो संक्रमणदर चार दशमलव ८४ प्रतिशत हो ।

कोरोनाको दोस्रो लहर सुरु भएपछि कोरोना सङ्क्रमण दर पाँच प्रतिशतभन्दा तल झरेको आज आइतवार पहिलो पटक हो ।आज थपिएका तीन सय ९१ जनासहित नेपालमा अहिलेसम्म कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख ९८ हजार तीन सय ९९ पुगेको छ ।

यस्तै थप ६ सय ८० जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ८१ हजार चार सय ५६ पुगेको छ ।२४ घण्टामा थप ६ सङ्क्रमितको ज्यान गएसँगै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार दुई सय ८४ पुगेको छ ।

  • ३१ आश्विन २०७८, आईतवार १६:५७ प्रकाशित