विप्लव समुहसँगका सहमति कार्यान्वयनका लागि सरकारद्धारा छलफल

केन्द्रभाग मिडिया

File photo

काठमाडौं ।

बारम्बार भएका सहमति कार्यान्वयनको माग गरिरहेको विप्लव समुहसँग सरकारले छलफल सुरु गरेको छ ।

गृहमन्त्री बालकृष्ण खाँणले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सँग सरकारले गरेका सहमति कार्यान्वयनका लागि पहल थालेका हुन्।

उनले सहमति कार्यान्वयनका लागि कसरी अगाडि बढ्ने भन्ने विषयमा आइतबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडु, सचिव उदयराज सापकोटा, महान्यायाधिवक्ता खम्मबहादुर खाती र गृहसचिव टेकनारायण पाण्डेसँग छलफल गरेका छन् ।

सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच २०७७ फागुन २० गते तीन बुँदे सहमति भएको थियो । तर, केपी ओली नेतृत्वको सरकारले ती सबै सहमतिको कार्यान्वयन गरिसकेको थिएन ।

सहमतिका बाँकी बुँदा कार्यान्वयन गर्ने विषयमा वर्तमान सरकार बनेपछि नेकपाका महासचिव चन्दले प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री खाँण, सत्ता गठबन्धन सम्बद्ध दलहरू माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितलाई छुट्टा–छुट्टै भेट गरी आग्रह गरेका थिए ।

  • ३१ आश्विन २०७८, आईतवार १५:०९ प्रकाशित