४४ वर्षीय महिलालाई बलात्कार प्रयास गर्ने १७ वर्षीय किशोर पक्राउ

केन्द्रभाग मिडिया

सांकेतिक तस्वीर

तनहुँ ।

तनहुँमा आमा सरह उमेरकी महिलालाई बलात्कार प्रयास गर्ने एक किशोर पक्राउ परेका छन् ।

४४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बन्दीपुर गाउँपालिका(२ पौवा बस्ने १७ वर्षीय किशोरलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

ती किशोरले महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बन्दीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यसबारे प्रहरीले थप अनुसन्धान भईरहेको बताएको छ ।

  • ३१ आश्विन २०७८, आईतवार १२:४८ प्रकाशित