सर्पको टोकाइबाट भाइरल झाँक्रीको निधन

केन्द्रभाग मिडिया

चर्चीत झाँक्री कृष्णबहादुर धतानीको निधन भएको छ । ताप्लेजुङ, फुङलिङ–९ हाङदेवाका २५ वर्षीय घतानीको सर्पको टोकाईबाट निधन भएको छ। भाइरल झाँक्री नामले परिचित उनलाई घरमै सर्पले टोकेको थियो।

जिल्ला अस्पतालमा उपचारका क्रममा शनिबार बिहान उनको निधन भएको ताप्लेजुङ प्रहरी प्रमुख डीएसपी बालनरसिंह राणाले जानकारी दिए । सर्पले डस्नासाथ घतानीलाई झाँक्रीकोमा लगिएको थियो।

त्यहाँ झारफुक गर्दा अवस्था झनै गम्भीर भएको थियो । त्यस पछि मात्र उनलार्य अस्पताल लगिएकोमा अस्पतालले मृत घोषण गरेको थियो ।
‘धामीको भर पर्दा अस्पताल लैजान ढिला भयो,’ उनले भने, ‘दसैंको टीकाको दिन भएकाले एम्बुलेन्स पनि समयमा पाइएन धतानीका छिमेकी संचपाल मादेनले बताए। मृतक घतानी आफैं पनि घरमा थान स्थापना गरेर झारफुक गर्थे।

  • ३१ आश्विन २०७८, आईतवार १२:०७ प्रकाशित