भारतको केरलामा बाढीले ६ को ज्यान लियोः पाँच जिल्लामा रेड अलर्ट

केन्द्रभाग मिडिया

काठमाडौं ।

भारतको केरलामा बाढीले ६ को ज्यान लिएको छ । निरन्तर परेको ठुलो वर्षाको कारण बाढीले जनजीवन तितरबितर पारेको भारतीय सञ्चार माध्यमहरुले जनाएको छ ।

अहिले पनि पानी निरन्तर परिरहेकाले नागरिकको राहत र उद्धारका लागि सेना तैनाथ गरिएको केरलाका रक्षा जनसम्पर्क कार्यालयले जनाएको छ । केरलाको इडुकी, पथनमथिट्टा, त्रिसूर र कोट्टयम बाढीका कारण सबैभन्दा धेरै प्रभावित भएका छन् ।

भारतको मौसम विज्ञान विभागले केरला, कर्नाटक, तमिलनाडू, पुडुचेरी र कराईकल लगायतका क्षेत्रमा आज झनै ठूलो पानी पर्न सक्ने भएकाले सचेत रहन आग्रह गरेको छ । अरब सागरमा बनेको पानी पार्ने प्रणालीका कारण पाँच जिल्लामा रेड अलर्ट र सात जिल्लामा ओरेन्ज अलर्ट जारी गरेको छ

  • ३१ आश्विन २०७८, आईतवार ०९:२२ प्रकाशित