मदिराले मातेका युवाले गरे प्रहरीमाथि आक्रमण, ७ प्रहरी घाइते

केन्द्रभाग मिडिया

सांकेतिक तस्वीर

दाङ ।

रुकुम पश्चिममा मदिराले मातेका युवाले प्रहरी माथि आक्रमणम गरेका छन् ।

मातेका उनीहरुलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीलाई आक्रमण गरेका हुन् । आक्रमणको क्रममा प्रहरी र युवा बीच भडप भएको बताइएको छ । झडपमा परेर एक प्रहरी सहायक निरीक्षक सहित ७ जना घाइते भएका छन्।

युवाहरुले प्रहरीलाई ढुंगा प्रहार गरेका थिए ।प्रहरीमाथि ढुंगामुढा गरेको अभियोगमा ६ युवालाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिएको छ।

पक्राउ पर्नेमा रूकुम पश्चिम मुसिकोट नगरपालिका वडा नं. ५ का २० वर्षीय नरेश पुन मगर, वडा नं. १ खानेपानी टोलका १८ वर्षीय राजनप्रकाश गिरी, सोही ठाउँका २० वर्षीय आकाश परियार, रूकुम पूर्वी जिल्लाको भूमे गाउँपालिका घर भइ हाल रूकुम पश्चिमको मुसिकोट नगरपालिका ५ बस्दै आएका २३ वर्षीय मर्कुश पुन मगर, मुसिकोट १० का २४ वर्षीय खडानन्द केसी र मुसिकोट १ का २५ वर्षीय हरिबहादुर घर्ती छन्।

घटनामा संलग्नमध्ये धनिराम नेपाली र स्वयल बिक भने फरार रहेको जनाइएको छ ।

  • ३० आश्विन २०७८, शनिबार १७:५७ प्रकाशित