दशैंकै दिन ट्याङ्करको ठक्करबाट तीन जनाको ज्यान गयो

केन्द्रभाग मिडिया

बारा ।

बारामा दशैंको टिकाको दिन ट्यांकरको ठक्करबाट तीन जनाको ज्यान गएको छ।

जितपुर सिमरा उपमहानगरपालिका–२३ भोलहीमा गएराती ट्याङ्करको ठक्करबाट कारमा सवार तीन जनाको मृत्यु भएको हो ।

कार चालक भारतीय नागरिक ३४ वर्षीय राजन सराफको उपचारको लागि अस्पताल लैजाने क्रममा र कार सवार दुई जनाको भने विरगञ्ज स्थित वयोधा अस्पतालमा उपचारको क्रममा गएराती नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

पथलैयाबाट वीरगन्जतर्फ जाँदै गरेको ना ३ ख ७५९४ नम्बरको ट्याङ्करले विपरित दिशाबाट आउँदै गरेको भारतीय नम्बरको कारलाई गएराती पौने ११ बजे ठक्कर दिएको थियो ।

  • ३० आश्विन २०७८, शनिबार १४:४४ प्रकाशित