आज नवरात्रको आठौं दिन, महागौरीको पूजा आराधना गरिँदै

केन्द्रभाग मिडिया

पोखरा ।
आज नवरात्रको आठौं दिन, महागौरीको पूजा आराधना गरिँदैछ ।

आजपनि घटस्थापनाको दिन राखेको जमरालाई झिसमिसे बिहानीमै आत्मशुद्धि पश्चात् नदी, खोलाबाट ल्याएको पवित्र जलले जमरामा सिंचित गरिएको छ ।

आठौं दिन महागौरीको पूजा आराधना अनि जलपूर्ण कलशमा पञ्चपल्लव चढाई अनन्त शक्तिस्वरूपा महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजाआजा गरिन्छ ।

हाम्रो धर्म, संस्कृति अनुसार कलशमै सम्पूर्ण देवी देवता, सागर, सप्तद्वीप, सम्पूर्ण नदी एवं तीर्थहरू निहित हुन्छन् ।

दशैंको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ ।

आज पनि विहानै देखि पोखराको विन्ध्येवासिनी, तालबाराही लगायत देशैभरका शक्तिपिठहरु भक्तजनहरुको घुइँचो लागेको छ ।

  • २७ आश्विन २०७८, बुधबार ०६:४५ प्रकाशित