मोतीपुर गोली काण्ड : मारिनेको परिवारलाई प्रदेश सरकारले १ लाख दिने

केन्द्रभाग मिडिया

बुटवल ।

मोतीपुरमा प्रहरीको गोली लागी ज्यान गुमाउनेको परिवारलाई प्रदेश सरकारले राहत दिने भएको छ ।

रूपन्देहीको मोतीपुरमा प्रहरीसँगको झडपमा मृत्यु भएका ब्यक्तिको परिवारलाई लुम्बिनी प्रदेश सरकारले राहत स्वरूप जनही एकरएक लाख रूपैयाँ दिने भएको हो।

प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले सर्वदलीय बैठकको निर्णय अनुसार मृतकको परिवारलाई १/१ लाख रूपैयाँ दिने निर्णय भएको जानकारी दिएका छन्।

बुटवल उपमहानगरपालिका-१७ मोतीपुरको औद्यौगिक क्षेत्रको जग्गामा बसोबास गर्ने सुकुम्बासी र प्रहरीबीच झडप हुँदा आइतबार ४ जनाको मृत्यु भएको थियो ।घटनामा प्रहरी र सर्वसाधारण गरी ५० भन्दा बढी घाइते भएका छन् ।

  • २५ आश्विन २०७८, सोमबार १६:५१ प्रकाशित