काठमाडौं ।
प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवै सदनमा दशैं विदा सुरु भएको छ । आजको बैठकपछि सांसदलाई विदा दिएको हो । हिन्दु नेपालीहरुको पर्व दशैंको अवसरमा सांसदहरुले पनि दशैं विदा पाएका हुन् ।
सभामुख अग्निप्रसाद सापकोटाले कात्तिक ९ गते मंगलबारसम्मका लागि बैठक स्थगित गरेसँगै सांसदहरुले बिदा पाएका हुन् । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले अर्को सूचना नहुँदासम्मका लागि बैठक स्थगित गरेका छन् ।