पोखरा ।
प्रधानमन्त्री शेरबहादुर देउवाले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन् । आइतबार पोखरा आएका प्रधानमन्त्री देउवा बिहान १० बजे पछि पोखरा विमानस्थलबाट निर्माणाधीन विमानस्थलमा हेलिकप्टर मार्फत पुगेका थिए । प्रधानमन्त्रीले हेलिकप्टर बाटै एक चक्कर लगाएर विमानस्थलको हेरेका थिए ।
आयोजना स्थलको सभा हलमा संक्षिप्त व्रिफिङमा विमानस्थल आयोजना प्रमुख विनेश मुनकर्मीले अहिलेसम्मको निर्माण वारे जानकारी गराएका थिए । अहिले सम्मको प्रगति समस्या र उडानको तयारी वारे प्रधानमन्त्रीलाई जानकारी गरायौँ, पत्रकारलाई प्रवेश नदिइएको उत्त कार्यक्रम वारे मुनकर्मीले भने ।
पृथ्वी राजमार्ग तर्फबाट आउने वर्षातको वाढि डाइभर्ट, रिठ्ठेपानी डाँडा कटान, पोखरा महानगरपालिकाको ल्याण्डफिड साईटको व्यवस्थापन गर्नुपर्ने वारे प्रधानमन्त्रीलाई अवगत गराए, प्रधानमन्त्रीले समास्या समाधान गर्ने जवाफ दिनुभयो उनले भने । आयोजनाको ८५ प्रतिशत काम सम्पन्न भएको उनले जानकारी दिए । बैशाख १ गते सम्म काम सम्पन्न गर्ने गरि काम भइरहेको उनले बताए ।
प्रधानमन्त्री देउवा दुइ दिने पोखरा बसाइ सकेर आजै काठमाडौं फर्कने छन् । उनि गण्डकी प्रदेश सरकारले आयोजना गरेको गण्डकी साक्षर प्रदेश घोषण कार्यक्रममा सहभागी हुन आइतबार पोखरा आएका थिए ।
।