पोखरा ।
नेपाली कांग्रेसका गण्डकी प्रदेशसभा सदस्य डोबाटे विश्वकर्मा मन्त्री बन्ने पक्का भएको छ । उनलाई सपथ ग्रहणका लागि प्रदेशका मुख्यमन्त्री कृष्णचन्त्र नेपाली पोखरेलले आफै फोन गरेर सपथ ग्रहणका लागि पोखरा बोलाएका छन् ।
मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार आज साँझ उनलाई सपथ गराईदैछ । यस अगाडि मन्त्री बन्ने चर्चामा रहेर अन्तिममा नाम काट्टिएका सांसद विश्वकर्मा यसपाली भने आफूलाई न्याय गर्नुपर्ने महसुस् भएका कारण मन्त्री बनाउने तयारी भएको टिप्पणी गरेका छन् । ‘हो मलाई मुख्यमन्त्री ज्युले सपथ ग्रहणका लागि पोखरा बोलाउनुभएको छ ।
म अहिले तनहुँ छु । अब पोखरा आउँछु । साँझ पाँच बजे सपथ कार्यक्रम छ । कुन मन्त्रालय हो भनेर मलाई मुख्यमन्त्री ज्युले भन्नुभएको छैन,’ विश्वकर्माले भने, ‘पार्र्टी सभापति अहिले पोखरामै हुनुहुन्छ । उहाँले मुख्यमन्त्री ज्युलाई भन्नुभयो होला । सायद मलाई अन्याय भएको उहाँले महसुस् गरेरै निर्देशन दिनुभयो कि !’
मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार हाल दोबाटेलाई विनाविभागीय मन्त्री बनाइने भएको छ ।