रूपन्देहीः दुई वडामा १८ घन्टादेखि कर्फ्यू जारी

केन्द्रभाग मिडिया

काठमाडौं ।

स्थिती नियन्त्रण बाहिर गएपछि रुपन्देहीमा अहिले कर्फ्यू जारी छ ।

स्थानीय प्रशासनले रूपन्देही उपमहानगरपालिका–१७ र १८ नम्बर वडामा १८ घन्टादेखि कर्फ्यू जारी गरेको छ।

मोतीपुर औद्योगिक क्षेत्रमा आएर बसेका सुकुम्बासी हटाउने क्रममा चार जनाको मृत्यु, ५० जना घाइते भएपछि स्थानीय प्रशासनले आइतबार ४ बजेदेखि ती वडामा कर्फ्यू आदेश जारी गरेको हो।

स्थानीय प्रशासनको अनुसार अर्को आदेश नभएसम्म कर्फ्यू आदेश जारी रहनेछ ।औद्योगिक क्षेत्रमा हजारौं सुकुम्बासी आएर जग्गा कब्जा गरी बसेपछि स्थानीय प्रशासनले आइतबार हटाउन खोजेको थियो।

हटाउने क्रममा दोहोरो झडप हुँदा प्रहरी गोली चलाएको थियो। त्यसक्रममा चार जनाको मृत्यु भएको छ। मृत्यु भएका मध्ये १ जनाको मात्रै सनाखत भएको छ ।

  • २५ आश्विन २०७८, सोमबार १०:१७ प्रकाशित