स्याङजामा जिप दुर्घटना : दुईको मृत्यु, १५ घाइते

केन्द्रभाग मिडिया

स्याङ्जा ।

स्याङ्जामा जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।

वालिङ नगरपालिका(१० मोदीखोलाको भित्री सडक खण्डमा जिप खस्दा दुई जनाको ज्यान गएको छ भने १५ जना घाईते भएको स्याङ्जा प्रहरीले जनाएको छ । ग १ ज ४९१८ नम्बरको जिप हिजो आइतबार साँझ दुर्घटना भएको हो।

दुर्घटनामा परी गल्याङ नगरपालिका–१० का ७७ वर्षीय दलबहादुर पल्ली र ३२ वर्षीया गंगा पल्लीको मृत्यु भएको प्रहरीले जनाएको छ।उनीहरुको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचारको क्रममा ज्यान गएको हो ।

जिप सडकबाट करिब ५० मिटर तल खसेको बताइएको छ । १५ जना घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ। गम्भीर घाइते हुनेमा गल्याङ नगरपालिका –१० की चार वर्षीया करिश्मा थापा र दुई वर्षीय अर्चल विक छन्। उनीहरुको मणिपाल अस्पताल पोखरामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

  • २५ आश्विन २०७८, सोमबार ०९:३२ प्रकाशित