बुटवल अपडेट झडपमा घाइते भएका तीन जनाको मृत्यु

केन्द्रभाग मिडिया

बुटबल ।
रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा आइतबार भएको झडपमा तीन जनाको मृत्यु भएको छ। भैरहवा मेडिकल कलेजमा उपचार गराइरहेका सर्वसाधारणहरुमध्ये तीन जनाको ज्यान गुमेको सुरक्षा स्रोतले पुष्टि गरेको छ।

जग्गा कब्जा गरी बसेका र प्रहरीहरुबीचको झडपमा घाइते भएकामध्ये तीन जनाको ज्यान गुमेको हो।

उक्त क्षेत्रमा तनावको स्थिति भएपछि स्थानीय प्रशासनले कर्फ्यू लगाएको छ।

मोतिपुर औद्योगिक क्षेत्रको जग्गा कब्जाको विषयले आइतबार प्रहरी र जग्गा कब्जा गरी बसेकाबीच झडप भएपछि रुपन्देही प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो। स्थिति नियन्त्रणभन्दा बाहिर जानसक्ने जोखिम बढेको भन्दै स्थानीय प्रशासनले आइतबार दिउँसो ४ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यू जारी गरेको हो।

  • २४ आश्विन २०७८, आईतवार १८:५८ प्रकाशित