बुटवल अपडेट : मोतीपुरको स्थिती तनाव ग्रस्त, लगाइयो कर्फ्यू

केन्द्रभाग मिडिया

काठमाडौं ।

बुटवलको मोतीपुर क्षेत्रमा स्थिती तनावग्रस्त बनेको छ ।

निर्माणाधीन मोतीपुर औधोगिक क्षेत्रमा जग्गा कब्जाको विषयमा गोली चल्दा एक जनाको ज्यान गएपश्चात स्थिती झनै विग्रिदा कर्फ्यूको आदेश गरिएको छ । तनाव बढेपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले कर्फ्यू आदेश जारी गरेको हो । आइतबार दिउँसो औधोगिक क्षेत्रमा घरटहरा बनाई बस्नेहरु र प्रहरीबीच झडप हुँदा गोली चलेको थियो ।

स्थिति नियन्त्रणभन्दा बाहिर जानसक्ने जोखिम बढेको भन्दै स्थानीय प्रशासनले आइतबार दिउँसो ४ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यू जारी गरेको हो ।

  • २४ आश्विन २०७८, आईतवार १६:५९ प्रकाशित