पूर्व डिआइजी रमेश खरेलले गरे नयाँ पार्टी खोल्ने घोषणा

केन्द्रभाग मिडिया

File photo

काठमाडौं ।

नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक रमेशप्रसाद खरेलले नयाँ पार्टी खोल्ने भएका छन् ।

खरेलले आज काठमाडौंको रत्नपार्कस्थित शान्तिबाटिमा पत्रकार सम्मेलन गरि नयाँ पार्टी गठन गर्ने घोषणा गरेका हुन् । २९ वर्ष नेपाल प्रहरीमा रहेर जनताको सेवा गरेका उनले रहरले नभई बाध्यताले गर्दा आफु पार्टी स्थापनामा जुटेको बताए।

भ्रष्टाचार, अन्याय, अत्याचार र बेथितिविरूद्ध संक्रिय रहने नयाँ पार्टी खोल्न लागेको खरेलले पत्रकार सम्मेलनमा बताएको जनाइएको छ।

खरेलले नयाँ पार्टीको विचार, नीति र सिद्धान्तबारे आमरुपमा छलफल गर्ने बताएका छन्। विचार, नीति र सिद्धान्तबारे जनतालाई जानकारी दिएपछि पार्टी स्थापनाको प्रक्रियामा जाने बताए।

उनले भने, ‘देशभरि नेपाल आमाको रगत खानेहरूलाई हामी कानुनी दायरामा ल्याउँछौं।

  • २४ आश्विन २०७८, आईतवार १६:०८ प्रकाशित