पौडेल –शशांक गुट छोडेकी सुजता कोइराला उद्योगमन्त्री !

केन्द्रभाग मिडिया

काठमाडौं ।
गजेन्द्रबहादुर हमालले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीबाट राजीनामा दिएसँगै अब उक्त मन्त्रालयको नेतृत्वमा को आउँछ भन्ने चर्चा सुरु भएको छ ।

पछिल्लो समय रामचन्द्र पौडेलले समूहले मन्त्री बनाउने भनेर चर्चा रहेकी तर मन्त्री नबनाईएकी नेतृ सुजाता कोइरालाको पनि मन्त्री बन्ने सम्भावना रहेको स्रोतको दाबी छ । देउवाले उनलाई मन्त्री दिएर खेमा परिर्वतन गराउन खोजेको पनि राजनीतिक बृत्तमा चर्चा हुने गरेको छ ।

सुजाताले पौडेल र शशांक कोइरालाको गुट छोडेको घोषणा गरिसकेकी छिन् । यद्धपी उनले आफू सभापति देउवाको पक्षमा उभिएको भनेर सार्वजनिक रुपमा भनिसकेकी छैनन् । तर, १४औं महाधिवेशनलाई लक्षित गरेर देउवाले सुजातासँग समिकरण बनाउन सक्ने अनुमान भने भएको छ ।

उता, यसअघि स्वास्थ्य मन्त्रालयमा बसेर श्रेष्ठले राम्रो काम गरेको भनेर कांग्रेसकै केही नेताहरु भने श्रेष्ठलाई उद्योगमन्त्री बनाउनुपर्नेमा लविङ गरिरहेका छन् ।

प्रधानमन्त्री देउवाले कसलाई मन्त्री बनाउँछन् रु त्यो हेर्न बाँकी छ । तर, देउवाले सुजाता र उमेशमध्ये एकलाई नै मन्त्री बनाउनसक्ने कांग्रेसनिकट स्रोतको दाबी छ । प्रधानमन्त्रीनिकट उच्च स्रोतकाअनुसार देउवाले उद्योग मन्त्रालयमा अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राज्यमन्त्रीको रुपमा रहेका उमेश श्रेष्ठलाई पठाउने चर्चा पनि छ ।

  • २४ आश्विन २०७८, आईतवार १६:३३ प्रकाशित