डलर साटेर आईसीले खरिद गरेको ग्यास विस्थापित गरौँ : ऊर्जा मन्त्री भुसाल

केन्द्रभाग मिडिया

ललितपुर ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले एलपी ग्यास विस्थापित गर्नुपर्ने समय आएको बताएकी छिन् ।

भुसालले आउँदो एक वर्षभित्र सबैखाले घरेलु उपकरण विद्युतबाट चलाउने गरेर संरचना निर्माण गर्न अपिल गरेकी छिन्। उनले भनिन् , ‘एक वर्षभित्र एलपी ग्यास नै नराख्ने गरेर संरचना बनाऔँ, विद्युतीय चुल्हो प्रयोग गरौँ । डलर साटेर आईसीले खरिद गरेको ग्यास विस्थापित गरौँ ।’

लोडशेडिङका समयमा सबैभन्दा कम विद्युत् खपत गर्ने संरचना निर्माण गरिएको उल्लेख गर्दै मन्त्री भुसालले अगाडि भनिन् , ‘बत्तीमात्र बाल्नका लागि बनाइएका संरचनामा सबैखाले उपकरण विद्युतबाट चलाउन नसक्ने अवस्था पनि हुन सक्छन् । अब विद्युतको चुल्हो बाल्ने गरी संरचना निर्माण गर्दै जाऔँ, आफ्नै देशको जलविद्युतको अधिकतम प्रयोग गरौँ ।’

  • २४ आश्विन २०७८, आईतवार १५:०३ प्रकाशित