बुटवलको मोतीपुरमा गोली चल्यो, कम्तीमा पाँच घाईते

केन्द्रभाग मिडिया

बुटवल ।

जग्गा कब्जा गरेर बसेका मानिसलाई हटाउने क्रममा बुटवलमा गोली चलेको छ ।

रुपन्देहीको बुटवलस्थित मोतीपुर औद्योगिक क्षेत्रमा गोली चलेको हो । स्थानीय र प्रहरीबीच झडप हुँदा सशस्त्र प्रहरीले गोली चलाएको हो । सशस्त्र प्रहरीले चलाएको गोली लागेर  कम्तीमा पाँच जना मानिस घाइते भएका छन्।

बुटवल औधोगिक क्षेत्रमा जग्गा कब्जा गरेर बस्नेहरुलाई हटाउन खोजेपछि झडप भएको थियो । १ सय बिगाहा जग्गा सुकुम्वासीको नाममा कब्जा गरेपछि सो क्षेत्रमा सशस्त्र प्रहरीलाई स्थायी रुपमा राख्ने तयारी भइरहेको थियो ।

औधोगिक क्षेत्रमा टहरा बनाएर बसेकाहरु दुई हजारको संख्यामा प्रदर्शनमा उत्रिएका छन् ।प्रहरीले अश्रुग्यास र हवाई फायर गरेको छ ।

  • २४ आश्विन २०७८, आईतवार १४:३५ प्रकाशित