पोखरा ।
गण्डकी प्रदेशका शिक्षा, संस्कृृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले प्रदेशलाई शैक्षिक हब बनाइने बताएक छन् गण्डकी प्रदेशलाई साक्षर घोषणाका लालि अयोजना भएको समारोहलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
उनले भने,गण्डकी प्रदेशलाई साक्षर घोषणा गर्न सफल भएका छौं । शिक्षा, प्रविधिको क्षेत्रमा हामीले धेरै सपना पूरा गर्नुछ, यतिले मात्र सन्तुष्ट हुन सकिँदैन । मन्त्री श्रेष्ठले साक्षर घोषण भइसकेपछि हाम्रो ध्यान निरन्तर सिकाइमा केन्द्रीत रहनेछ ।
शैक्षिक हब बनाएर शैक्षिक पर्यटनका लागि पनि हाम्रो प्रयास जारी छन् ।