बालुवाटार पुगी राजीनामा पत्र बुझाएर फर्किए हमाल

केन्द्रभाग मिडिया

काठमाडौं ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले मन्त्री पदबाट राजीनामा दिएका छन् ।

सर्वत्र विवाद र आलोचना पश्चात केहीबेर अघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर हमालले राजीनामा पत्र बुझाएका हुन् । स्रोतकाअनुसार हिजो बेलुकी प्रधानमन्त्री देउवाले मन्त्री हमाललाई राजीनामा दिन भनेका थिए।

मन्त्रीमा कायमै राख्दा बाहिर नराम्रो सन्देश गएको र विवादमा पनि मुछिएकोले राजीनामा दिन देउवाले आग्रह गरेको स्रोतले बताएको छ । देउवाको आग्रह पश्चात आज बिहानै हमालले राजीनामा घोषणा गरेका थिए ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार हमाल राजीनामा पत्र दिएर फर्कि सकेका छन् ।मन्त्रिपरिषद्‌मा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको ‘कोटा’ मा हमाललाई मन्त्री बनाइएको भन्दै चौतर्फी आलोचना भएपछि उनले राजीनामा दिएका हुन् ।

  • २४ आश्विन २०७८, आईतवार १०:०८ प्रकाशित