बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले आज विश्वासको मत लिदैँ

केन्द्रभाग मिडिया

काठमाडौं ।

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत लिने तयारी गरेकी छिन् ।आज बस्न लागेको प्रदेश सभाको बैठक शाक्यले विश्वासको मत लिने बताइएको छ । प्रदेश सभा बैठक आइतबार अपरान्ह ३ बजे बस्दैँछ ।

बागमती प्रदेशकी आर्थिक मामिला मन्त्री रचना खड्काका अनुसार आज विश्वासको मत लिने प्रस्ताव संसदमा दर्ता भए पनि यसको छिनोफानो दसैंपछि हुनेछ।खड्काको अनुसार आज प्रस्ताव दर्ता हुने हो। संसदीय प्रक्रियामा गएर मतदान भई छिनोफानो दसैंपछि मात्र हुन्छन् ।

संविधानको धारा १८८ को उपधारा २ अनुसार मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल वा सरकारलाई समर्थन गर्ने दल विभाजित भए त्यसको ३० दिनभित्र संसदबाट मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्ताव पेश गर्ने र उपधारा ३ मा तत्काल कायम रहेको संसदको बहुमतबाट पारित नभए मुख्यमन्त्री पदमुक्त हुने उल्लेख छ।

  • २४ आश्विन २०७८, आईतवार १०:०० प्रकाशित