आपूर्तिमन्त्री गजेन्द्र हमालद्धारा राजीनामाको घोषणा

केन्द्रभाग मिडिया

काठमाडौं ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमालले राजीनामाको घोषणा गरेका छन् ।

रिपोर्टर्स नेपालका लागि ऋषि धमलासँग कुरा गर्दै उनले राजीनामाको घोषणा गरेका हुन् ।प्रधानमन्त्री देउवाले अस्ति शुक्रबार मन्त्रीपरिषद विस्तार गर्दै उनलाई आपूर्ति मन्त्री बनाएका थिए ।

प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबराका जेठान हमाललाई प्रधानन्यायाधीशको कोटामा मन्त्री बनाइएको र गैह्रसांसदलाई मन्त्रि बनाएको भन्दै आलोचना भएको थियो ।

प्रधानन्यायाधीशको कोटाबाट मन्त्री बनेको भन्दै कानुनविदहरूले पनि आपत्ति जनाएका थिए ।हिजो (शनिबार) राजधानीमा आयोजित एक कार्यक्रममा कानुनविदहरूले आम जनताले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्र हमाल प्रधानन्यायाधीशको कोटाबाट मन्त्री बनेको भन्दै प्रश्न उठाएकोले न्यायालयको धज्जी उडेको बताएका थिए ।

  • २४ आश्विन २०७८, आईतवार ०८:५७ प्रकाशित