नावीन बचत तथा ऋण सहकारी संस्थाको साधारणसभा सम्पन्न

केन्द्रभाग मिडिया

पोखरा ।

नवीन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष सावित्रा कोइरालाले सहकारीकर्मीहरु बोनस र लाभांसको चक्करमा पर्न नहुने बताइन् । उनले सबै सहकारी संस्थाहरु आफ्ना सदस्यलाई व्यवसायीक बनाउने तर्फ लाग्नुपर्नेमा जोड दिइन् । उनले सबै सहकारी संस्थाले सहकारी अनि सहकारी संस्थाको नीति, विधी र पारदर्शीतालाई ख्याल गनुैपर्ने भन्दै सदस्यहर बीच आत्मिय भावना र सहकार्य हुन जरुरी रहेको बताइन् ।

पोखरा महानगरका सहकारी समितिका अध्यक्ष तेज नाराण अधिकारीले सहकारीका लागि राम्रो बजेट छुट्ट्याएको जानकारी दिए । युवा उद्यम, क्षेमता विकास तालिम र सहकारीका सदस्यहरुको क्षमताको विकास गर्नका साथै उत्पादन बढाउनका लागि बजेट खर्च गरिने उनले बताए । महानगर सहकारी संघ गठन भएको जानकारी दिँदै महानगरले आफू मातहतका सहकारीको प्रोफाइललाई व्यवस्थित गर्दैजाने उनले धारणा राखे ।

कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका वडा नम्बर ४का अध्यक्ष शंकरप्रसाद बास्तोलाले नवीन सहकारीले खेलेको भूमिकाको प्रसंसा गरे । महानगरले निर्माण गरेको सहकारी ऐनमा आफूलाई केही चित्त नबुझेको भन्दै केही प्रावधानहरु थपघट गर्नुपर्नेमा जोड दिए । महानगरको नीति विपरित महानगर सहकारी संघ गठन गरिएको भन्दै आक्रो पोखेका उनले अगामी कार्यपालिका बैठकमा आफूले यो विषयमा कुरा उठाउने उनले बताए । उनले आफूलाई यहाँका नागरिकले काम गर्न महानगरमा जिताएको भन्दै जहिले पनि पोखरा ४का बासिन्दाको हितमा काम गर्न लागि परेको उनको भनाई थियो ।

उद्घाटन सत्रमा संस्थाका अध्यक्ष गेहेन्द्रेश्वर कोइराला, सल्लाहकारहरु राजेन्द्रनिधी कोइराला र नारायण अधिकारी, महिला सेयर सदस्यको तर्फबाट कल्पना तझ्या र कार्यबहाक सचिव भगवती कोइराला लगायतले बोलेका थिए ।

संस्थाका अध्यक्ष गेहेन्द्रेश्वर कोइरालाले अध्यक्षको प्रतिवेदन, कोषाध्यक्ष वसन्त केशव वास्तोलाले राखेको कोषाध्यक्षको प्रतिवेदन र कार्यवहाक सचिव भगवती कोइरालाले प्रस्तुत गरेको सचिवको प्रगति प्रतिवेदन पारित गर्दै साधारण सभा सम्पन्न भएको छ ।

२०६४ सालमा पोखराको ग्रह्रापाटनमा स्थापित सहकारीमा हाल १२५९ सेयर सदस्य छन् । चालु आर्थिक वर्षमा १८० जना सेयर सदस्य थप्ने र १४३९ जना सदस्य पु¥याउने लक्ष्य सहकारीले लिएको उक्त अवसरमा जानकारी दिइएको थियो ।

  • २३ आश्विन २०७८, शनिबार १६:१९ प्रकाशित