नवनियुक्त मन्त्रीहरुद्वारा शपथ ग्रहण

केन्द्रभाग मिडिया

काठडमाडौं।

नवनियुक्त मन्त्रीहरूले सपथ लिएका छन्। आज  साँझ राष्ट्रपति कार्यालय शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त मन्त्रीहरुले सपथ खाएका हुन् । त्यस्तै, राज्यमन्त्रीहरूलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सपथ खुवाएका छन्।

प्रधानमन्त्री देउवाले झन्डै तीन महिनापछि मन्त्रिपरिषदलाई आज पूर्णता दिएका थिए। देउवा गत असार २९ मा प्रधानमन्त्री नियुक्त भएका थिए। कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा, नेकपा (एकीकृत समाजवादी) लाई समेटेर देउवाले मन्त्री नियुक्त गरेका थिए। देउवाले सांसद नरहेका गजेन्द्र हमाललाई पनि मन्त्री बनाएका थिए।

  • २२ आश्विन २०७८, शुक्रबार १८:३९ प्रकाशित