रुपा गाउँपालिकामा चाडपर्व लक्षित बजार अनुगमन, यस्तो भेटियो अनुगमनमा (भिडियो)

केन्द्रभाग मिडिया

पोखरा ।
कास्कीको रुपा गाउँपालिकाले चाड पर्व नजिकिएसँगै बजार अनुगमन गरेको छ । दैनिक उपभोग्य बस्तु लगायतका कारोवार गर्ने पसलमा अनुगमन गरेको हो ।

३ वटा टोली गठन गरी विशेष बजार अनुगमन गरिएको रुपा गाउँपालिकाका अध्यक्षा नवराज ओझाले जानकारी दिए । तीन वटा टोलीमा अध्यक्ष नवराज ओझा, उपाध्यक्ष लाल सुबा गुरुङ र प्रमुख प्रसाशकिय अधिकृत सन्तोष ढुङगानाले नेतृत्वमा गरेका थिए ।

साधारणतया चाडपर्वलाई केन्द्रीत गरेर पालिकाले अनुगमनलाई तिव्रता दिए पनि वर्षको २ पटक बजार अनुगमन गर्ने गरेको अध्यक्ष ओझाले बताए । पालिकाको टोलीले खाद्यान्न , लत्ताकपडा, माछामासू पसलमा अनुगमन गरेको थियो ।

चाडपर्वको समयमा व्यापारीहरुले जथाभावी मूल्य लिने, म्याद गुज्रिएका अखाद्य वस्तुलाई बेच्ने लगायतका गुनासो उपभोक्ताले गर्ने गरेका छन् ।

विगतमा भएका अनुगमनले सकारात्मक प्रभाव पारेको ओझाले बताए । पहिला म्याद गुज्रेका सामान सबै पसलमा भेटिने गरेकोमा यो वर्ष म्याद गुज्रेका बस्तु विक्रीमा राखेको खासै पाइएन, ओझाले भने, व्यवसायीमा पनि चेतना बढेको छ । केही पसलमा मसला र विस्कुटमा म्याद गुज्रेको पाइएको थियो । अधिकांश पसलमा मुल्यसूची राखेको पाइएन । उनीहरुलाई म्याद गुज्रेका बस्तु विक्री नगर्न, व्यवसाय दर्ता गर्न र मुल्य सूची राख्न सचेत गरिएको छ ।

अनुगमनको क्रममा गाउँपालिका र कर कार्यालयमा व्यवसाय दर्ता नभएको मुल्यसूची नराखेको पाईको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामचन्द्र ओझाले जानकारी दिए । गाउँपालिकामा व्यवसाय दर्ता गरे पनि कर कार्यालयमा व्यवसाय दर्ता नगर्नेको संख्या धेरै रहेको अनुगमनका क्रममा पाइएको थियो ।

अनुगमनको क्रममा व्यवसाय नबिकरण गर्नु पर्ने भए अनुगमनकै क्रममा शुल्क लिएर नबिकरण गरिएको थियो । स्थायी लेखा नम्बर नलिएका व्यवासयीलाई स्थायी लेखा नम्बर लिएर व्यवसाय गर्न आग्रह गरिएको थियो । वडानम्बर १ देखी ५ सम्मका मुख्य बजारमा अनुगमन गरिएको थियो भने अनुगमनमा सम्बन्धीत वडाका वडाध्यक्ष सहभागी भएका थिए ।

  • २२ आश्विन २०७८, शुक्रबार १८:४२ प्रकाशित