प्रधानन्यायाधीश जबराका जेठान बन्ने भए आपूर्तिमन्त्री

केन्द्रभाग मिडिया

.काठमाडौं ।

 अन्तत् प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मन्त्रिपरिषद्मा मन्त्रीको कोटा लिइ छाडेका छन् । उनको कोटामा जबराका जेठान गजेन्द्र हमाल उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री बन्ने पक्कापक्की भएको छ ।

प्रधानन्यायाधीशले मन्त्रिपरिषद्मा भागवण्डा मागेको समाचार आइरहँदा गैरसांसद उनका जेठान हमाललाई मन्त्री बनाउन लागिएको हो । प्रधानमन्त्रीले राष्ट्रपतिसमक्ष पठाएको सूचीमा हमालको पनि नाम समावेश गरिएको स्रोतले बताएको छ ।

मन्त्रिपरिषद्मा २५ सम्म सदस्य हुन सक्ने संवैधानिक व्यवस्था भए पनि सरकारसँग २१ मन्त्रालय छन् ।

त्यसैले एक प्रधानमन्त्री र तीन राज्यमन्त्रीबाहेक मन्त्रिपरिषद्मा २१ मन्त्री हुन् सक्छन् । यसमध्ये कांग्रेस ७, माओवादीले ५, एकीकृत समाजवादी र जसपाले ४–४ पाउने गरी २० मन्त्रालय भागबन्डा गरिएको छ । बाँकी एउटा मन्त्रालय हमाललाई दिइएको हो ।

  • २२ आश्विन २०७८, शुक्रबार १५:४५ प्रकाशित