निजामती विधेयक २०७५ बहुमतले फिर्ता

केन्द्रभाग मिडिया

काठमाडौं ।

निजामती विधेयक २०७५ फिर्ता प्रस्ताव बहुमतले स्वीकृत भएको छ । आज(शुक्रबार) बसेको प्रतिनिधिसभाको बैठकमा सरकारले निजामती सेवा विधेयक–२०७५ फिर्ता लिने प्रस्ताव संसदमा प्रस्तुत गरेको थियो । जसलाई सभाले बहुमतले स्वीकृत गरेको हो ।

प्रधानमन्त्री एवं संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री शेरबहादुर देउवाको तर्फबाट सरकारका प्रवक्ता कार्कीले संघीय निजामती सेवा विधेयक, २०७५ फिर्ता लिने प्रस्ताव प्रस्तुत गरेका थिए।

प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष एमालेको अवरोध जारी रहेकाले सरकारले विचाराधीन अवस्थामा रहेका विधेयक फिर्ता लिएर अधिवेशन अन्त्य गर्ने तयारी गरेको छ ।

विधेयक फिर्ताको प्रस्तावमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विरोध जनाएका थिए । उनको प्रस्ताव सभाले बहुमतले अस्वीकृत गर्‍यो र विधेयक फिर्ताको प्रस्ताव स्वीकृत गर्‍यो ।

  • २२ आश्विन २०७८, शुक्रबार १५:१६ प्रकाशित