काठमाडौं ।
नेकपा एकीकृत समाजवादीले मन्त्रीको जिम्मेवारी हेरफेर गरेको छ ।
एसले अहिले विरोध खतिवडालाई स्वास्थ्य तथा जनसंख्यामन्त्री बनाउने बताएको छ । यसअघि पार्टी सचिव रामकुमारी झाँक्रीलाई स्वास्थ्य मन्त्रालय दिने बताइएको थियो।
एकीकृत समाजवादीबाट खतिवडासँगै सचिव रामकुमारी झाँक्री, प्रेमबहादुर आले र कृष्णकुमार श्रेष्ठ ‘किसान’ मन्त्री र भवानी खापुङ राज्यमन्त्री बन्दैछन् ।
उनीहरुको नाम प्रधानमन्त्रीसमक्ष पठाइसकिएको एक नेताले जानकारी दिएका छन् । स्रोतका अनुसार झाँक्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, आले शहरी विकास र श्रेष्ठ श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्नेछन् ।