मन्त्रीको सपथ परम्परा अनुसार

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवासमा पुगेका छन् ।

मन्त्रिमण्डललाई पूर्णता दिने तयारीमा रहेका प्रधानमन्त्री देउवा र राष्ट्रपति विद्यादेवी भण्डारीबीचको भेटमा मन्त्रीको सपथग्रहणका बारे कुराकानी भएको बताइएको छ। नयाँ मन्त्रीको सपथग्रहण कसरी गराउने भन्ने बारे छलफल गर्न प्रधानमन्त्री देउवा शीतल निवास पुगेका हुन् ।

अहिले सपथबारे नयाँ कानुन बनिनसकेको र अध्यादेश समेत खारेज भैसकेकाले कुन कानुन अन्तर्गत सपथ खुवाउने भन्ने प्रश्न उठेको छ ।कानुन नबनेको अवस्थामा परम्पराअनुसार नै सपथ गराइने तयारी भैइरहेको बताइएको छ ।

शीतल निवास पुगे पनि प्रधानमन्त्रीले नयाँ मन्त्री नियुक्तिको सूची भने राष्ट्रपतिलाई नबुझाइ फर्केका छन् ।

  • २२ आश्विन २०७८, शुक्रबार १२:५८ प्रकाशित