काठमाडौं ।
५ देखि ११ वर्षसम्मका वच्चालाई फाइजर खोप उपयुक्त रहेको भन्दै कम्पनीले अनुमति मागेको छ ।
अमेरिकामा फाइजरले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई कोरोना भाइरस विरुद्धको खोपको आपत्कालीन प्रयोगका लागि अनुमति मागेको हो ।
खोप निर्माता कम्पनी फाइजरले आफूले ५ देखि ११ वर्ष उमेरका बालबालिकाको लागि उत्पादन गरेको खोप प्रभावकारी रहेको दाबी गर्दै आपत्कालीन प्रयोगका लागि अमेरिकाको खाद्य एवं औषधि प्रशासन (एफडीए)सँग अनुमति मागेको हो ।
फाइजरका वरिष्ठ उपाध्यक्ष डाक्टर बिल ग्रबरले दोस्रो डोज खोप लगाइसकेपछि पाँच देखि ११ वर्ष उमेर समूहका बालबालिकामा कोरोनासँग लड्न सक्ने एन्टीबडीको विकास भएको बताएका छन् । उनले खोप सुरक्षित भएको दाबी समेत गरेका छन् ।