यी नेता जो नेकपा ‘एस’बाट मन्त्री बन्दैछन्

केन्द्रभाग मिडिया

काठमाडौं ।

मन्त्रिपरिषद्ले आज पूर्णता पाउँदैछ ।

सरकार बनेको ८८ औं दिनमा प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन् । लामो छलफल र कसरत पछि माधव नेपालको पार्टी नेकपा एकीकृत समाजवादीले मन्त्री बन्नेहरुको नामको टुंगो लगाएको छ । हिजो अबेरसम्म नेताहरूको छलफलले मन्त्रीको नाम टुंगो लगाएको हो ।

पार्टी स्रोतको अनुसार एकीकृत समाजवादीबाट विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेम आले, किसान श्रेष्ठ मन्त्री र भवानी खापुङ राज्यमन्त्री हुने भएका छन्।

आजै सपथ गर्ने तयारी छ । एकीकृत समाजवादीबाट मन्त्रीमा सिफारिस एक नेतालेको अनुसार सपथ नगर्दासम्म परिवर्तन नभए अहिलेसम्म एसबाट मन्त्री हुनेकहरुको सूची यही हो ।

खतिवडा सहरी विकास मन्त्री हुँदैछन्। झाँक्रीले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउने भएकी छन्। आलेले पर्यटन मन्त्रालयको जिम्मेवारी पाउने भएका छन्।

श्रेष्ठले श्रममन्त्रीको जिम्मेवारी पाउने भएका छन्। तेह्रथुमबाट निर्वाचित सांसद भवानी खापुङ राज्यमन्त्री बन्ने भएका छन्। उनको मन्त्रालय भने टुंगो लागिसकेको छैन।

  • २२ आश्विन २०७८, शुक्रबार ०९:२८ प्रकाशित