मेघ गर्जनसहित वर्षाको सम्भावना : यस्तो छ भोलि र पर्सीको मौसम पूर्वानुमान

केन्द्रभाग मिडिया

 

पोखरा  ।

पछिल्लो समय देशमा मौसम बदली भईरहको छ ।

साँझ, राती र बिहानीको समयमा देशका विभिन्न भेगमा वर्षा भईरहेको छ । गएराती गण्डकी प्रदेशको कास्की, पर्वत, बागलुङ,तनहुँ सहितका आसपासका जिल्लामा मेघगर्जनसहितको वर्षा भएको थियो।

आज देशका अधिकांश स्थानहरुमा मेघ गर्जन र चट्याङसहितको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।
आज राती लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनर चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तो छ भोलि र पर्सीको मौसम पूर्वानुमान
२०७८ आश्विन २३ गते (शनिबार)

दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रही लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक(दुई स्थानहरुमा र बांकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनर चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती: देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका प्रदेशका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

२०७८ आश्विन २४ गते (आईतबार)

दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनर चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती: देशभर आंशिक देखि सामान्य बदली रही बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका एकरदुई स्थानहरुमा मेघ गर्जनर चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

  • २२ आश्विन २०७८, शुक्रबार ०९:०९ प्रकाशित