के पोखरामा ठुलो जहाज आउन असम्भव छ ? पोखरा विमानस्थल प्रमुख गौतमको जानकारी (भिडियो सहित)

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरामा निर्मार्णधिन क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको निर्माण ८४ प्रतिसत सकिएको छ । विमानस्थलको निर्माण अन्तिम चरणमा पुगेसगै कहिलेबाट विमानस्थल संचालनमा आउला भन्ने चासो बढेको छ ।

विमानस्थल आयोजनाले निर्माण गरिरहदा नागरिक उड्डयन प्राधिकरणले संचालनका लागि पनि तयारी थालेको छ । सन् २०२२ को १ जनवरीबाट आन्तरिक उडान भर्ने प्राधिकरणले तयारी गरेको छ । त्यसका लागि पोखरा विमानस्थल प्रमुख विक्रम गौतमले नयाँ विमानस्थल संचालनको लागि पनि जिम्मा पाएका छन् ।

अर्थाथ उनले विमानस्थाल निर्माण आयोजना, ठेकेदारसंग समन्वय गरि संचालन वारे सरकारलाई सफिारिस गर्ने छन् । उनले आगामी बैशाखमा अन्तराष्ट्रिय उडान सुरु हुने बताएका छन् ।

पोखरेलीले भने पहिलो फ्लाईटनै अन्तराष्ट्रिय हुनुपर्ने माग गरेका छन् । अन्तराष्ट्रिय उडान भर्न सरकारले आवश्यक तयारी नगरेको बरु आन्तिरिक उडानलाई प्राथमिकतामा राखेको भन्दै त्यसको विरोध पनि भएको छ । यस सम्बन्धमा पोखरा विमानस्थलका प्रमुख विक्रम गौतम भने यासो भन्छन् ।

  • २१ आश्विन २०७८, बिहीबार १७:३० प्रकाशित