अस्ट्रेलियाको सीमा नाका खुल्दैँ : नेपालीले प्रवेश पाउलान् ?

केन्द्रभाग मिडिया

काठमाडौं ।

करिब २ वर्षपछि अस्ट्रेलिया जाने बाटो खुला हुने भएको छ ।

अस्ट्रेलिया सरकारले करिब २ वर्षदेखि बन्द गरेको अन्तर्राष्ट्रिय सीमा नाका खोल्ने भएसँगै बाटो खुल्ने भएको हो । आगामी नोभेम्बरदेखि सीमा नाका खुला गर्ने अस्ट्रेलियन सरकारले जनाएको छ । सीमा नाका खुला गर्ने निर्णयसँगै २० महिनादेखि अस्ट्रेलिया प्रवेशमा लगाइएको बन्देज र पछिल्लो समयमा अस्ट्रेलिया आगमनमा लगाइएको कोटा समेत हट्नेछ ।

तत्काललाई अस्ट्रेलियाली नागरिक तथा स्थायी बासिन्दाका लागि मात्र सीमा नाका खुला गर्न लागिएको हो ।

प्रधानमन्त्री स्कट मरिसनले मान्यता पाएका दुवै डोज खोप लगाइसकेका नागरिकलाई ७ दिनमात्र आफ्नै घरमा क्वारेन्टाइन बस्न पाउने नियम समेत सार्वजनिक गरेका छन् । विस्तारै दुवै खोप लगाइसकेका विद्यार्थीका लागि समेत सीमा नाका खुला गरिने समाचारमा जनाइएको छ ।

विद्यार्थीलाई समेत भित्र्याउने निर्णयले दुवै खोप लगाएका नेपालका विद्यार्थीले अस्ट्रेलियामा समेत सहज प्रवेश पाउनेछन् ।

टीजीएले मुख्य चार खोप फाइजर, जोन्सन एण्ड जोन्सन, अस्ट्राजेनेका र मोर्डनालाई मात्र अहिलेसम्म पूर्णरुपमा स्वीकृति दिएको छ । यात्रा प्रयोजनका लागि सिनोभ्याक्स र कोभिसिल्डलाई समेत अनुमति दिइने भएपछि नेपालमा अड्किएर रहेका हजारौं विद्यार्थी समेत सहज रुपमा अस्ट्रेलिया जान पाउने भएका हुन् ।

  • २१ आश्विन २०७८, बिहीबार १४:५९ प्रकाशित