कमजोर मन्त्रालय दिएको भन्दै रिसाए नेपाल, देउवालाई भेट्न बालुवाटार पुगे

केन्द्रभाग मिडिया

File photo

काठमाडौं।
मन्त्रालयको संख्या कम भएको भन्दै नेकपा एकीकृत समाजवादीमा असन्तुष्टि बढेको छ । यसअघि भएको सहमति भन्दा कम संख्याको मन्त्रालय पाउने भएपछि नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल असन्तुष्ट भएका छन् ।

मन्त्रिण्डलको भागबण्डा गर्दा आफ्नो पार्टीलाई कम महत्वका मन्त्रालयमात्रै दिइएको भन्दै अध्यक्ष नेपाल रुष्ट छन् । नेकपा एसले ५ मन्त्री र १ राज्यमन्त्री पाउने सहमति विगतमै भएको बुझिएको छ । तर, देउवाले ४ मन्त्री र १ राज्यमन्त्री दिने तयारी गरेका छन् ।

विगतको सहमति तोड्न खोजेको भन्दै नेकपा एसको हाइकमान्डभित्र यसबारे गम्भीर समिक्षा भएको छ । सरकारमा नगएपनि नेकपा एसले देउवालाई दिदै आएको समर्थन फिर्ता नलिने एसका एक नेताले बताए ।

सय दिन पुग्न लाग्दा समेत सरकारले मन्त्रिमण्डल विस्तार गर्न सकेको छैन । गठबन्धनका दल भित्र भागबण्डा विवादले देउवा सरकारको चौतफी आलोचना हुदौँ आएको छ ।

  • २१ आश्विन २०७८, बिहीबार १४:४३ प्रकाशित