दुर्गममा ड्रोनबाट खोप पुर्याउँदै भारतीय सरकार

केन्द्रभाग मिडिया

काठमाडौं ।

भारतीय सरकारले दुर्गममा ड्रोनबाट खोप वितरण गर्न थालेको छ ।

भारतीय सरकारले व्यावसायिक ड्रोनको प्रयोग गरेर ग्रामीण भेगमा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप पुर्‍याउन सुरु गरेको हो । भारतले कोरोना विरुद्धको खोप अभियानलाई तीव्र बनाइरहेको छ । दुर्गम ग्रामीण क्षेत्रमा खोप लैजानका लागि कठिन हुने भएकोले सरकारले ड्रोनको सहायताले खोप लैजान थालेको स्वास्थ्य विज्ञहरुले बताएका छन् ।

भारतको सरकारका वरिष्ठ वैज्ञानिक समिरान पान्डाले अहिले भारतले मुलुकको उत्तर–पूर्वमा रहेको पर्वतीय क्षेत्रमा कोरोना खोप पुर्‍याउन ड्रोनको प्रयोग गरिरहेको बताएका छन् ।

भारतको मणिपुर र नागाल्याण्डजस्ता राज्यका विकट गाउँमा खोप पुर्याउन १२ घण्टासम्म समय लाग्ने भएकाले ड्रोनको प्रयोग गरि खोप पुर्‍याउनका लागेको हो ।

अहिले भारतको सरकारले ४.५ किलो भार बोक्न सक्ने ड्रोनको प्रयोग गरिरहेको छ । जसको ९०० डोज कोरोना खोप बोक्न सक्छ र कम्तीमा ७० किलोमिटर टाढा सम्म उड्न सक्छ ।भारतले २०२१ को अन्तिमसम्ममा सबै योग्य नागरिकलाई कोरोना खोप लगाउने लक्ष्य राखेको छ ।

अहिलेसम्म भारतले ९२ करोड डोज कोरोना खोप मानिसहरुलाई लगाइसकेको छ ।एजेन्सी

  • २१ आश्विन २०७८, बिहीबार १३:२८ प्रकाशित