नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदी मृत भेटिए, आत्महत्याको अनुमान

केन्द्रभाग मिडिया

Dead body in a mortuary

काठमाडौं ।

नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदी मृत भेटिएका छन् । चतुर्वेदी घरको तलाबाट खसेर मृत्यु भएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

निर्माणाधीन घरको चौथो तलाबाट खसेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार काठमाडौं–७ बुलबुलेस्थित निर्माणाधीन घरको चौथो तलाबाट खसेर चतुर्वेदीको आज बिहान मृत्यु भएको हो ।

उनले आत्महत्या गरेको हुनसक्ने अनुमान प्रहरीको छ।घटनाबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त गौशालाले जनाएको छ ।

  • २१ आश्विन २०७८, बिहीबार १२:३१ प्रकाशित